...
Latest News
Hetauda

दुबईमा व्यापार व्यवसायमा गरिरहेका मकवानपुरे युवाद्वारा ५१ लाख ५१ हजार राहत घोषणा

दुबईमा व्यापार व्यवसायमा गरिरहेका मकवानपुरे युवाद्वारा ५१ लाख ५१ हजार राहत घोषणा

दुबईमा व्यापार व्यवसाय गरिरहेका मकवानपुरे युवाद्वारा ५१ लाख ५१ हजार राहत घोषणा

हेटौँडा । मकवानपुरको हेटौँडामा जन्मिएर दुबईमा व्यापार व्यवसाय गरिरहेका युवाले बाढीपीडितका लागि ५१ लाख ५१ हजार रुपैयाँ राहत कोषमा रकम दिएका छन् । हेटौँडाको हटियामा जन्मिएका विष्णु प्रसाद पुडासैनीले राहत रकम घोषणा गरेका हुन् ।

उनले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछिको विपत्तिमा राहत दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘म पनि एउटा नेपाली हुँ र मेरो आत्मा सधैं नेपालमै छ, देशले दुःख पाउँदा टाढा बसेर हेर्न सक्दिनँ, त्यसैले, पीडितहरूको घाउमा मलम लगाउने एउटा सानो प्रयासस्वरूप नेपाली रुपैयाँ ५१ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गर्दछु ।’

उनले रकम रजतपटका प्रकाश सुवेदीमार्फत सही र वास्तविक पीडितको हातसम्म पुर्याउने काम गरिने बताएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

दुबईमा व्यापार व्यवसायमा गरिरहेका मकवानपुरे युवाद्वारा ५१ लाख ५१ हजार राहत घोषणा
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.