हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
बुधबार हेटौँडामा भएको १० औँ जिल्ला अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा मात्र निर्वाचन भएको हो । निर्वाचनमा अध्यक्षका उम्मेदवार श्रेष्ठले १ सय १८ मत ल्याएका थिए भने प्रतिस्पर्धी शुक्रराज प्रजाले ७२ मत ल्याएका थिए ।
जिल्ला कमिटीको २२ सदस्यमा सबै पद निर्विरोध निर्वाचित भएका छन् ।
महिला सदस्यहरुमा सरस्वती कुमार थिङ, मन डिसी क्षेत्री, गीता सापकोटा, इन्दिरा पाठक, बिमला लामा, बालकुमारी डल्लाकोटी, हिरा कुमारी भट्ट र माया कुमारी न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै खुला सदस्यमा रामबाबु न्यौपाने, तीर्थराज सुवेदी, नवराज कोइराला, शेरबहादुर स्याङ्तान, बद्री कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, रामप्रसाद कोइराला, बैकुण्ठ सुवेदी, अर्जुनप्रसाद गौतम, कृष्णप्रसाद हुमागाईं, सन्दीप कुमार सापकोटा, विवेक रसाइली, सिरज थापा र दीपक सुनवार पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुबाटै अध्यक्षले पदाधिकारी मनोनयन गर्ने राप्रपाको विधानतः व्यवस्था छ ।


Leave a Comment