...
Latest News
Hetauda

हेटौँडाका टोल विकास संस्थाको साढे ६ लाख सहयोग

हेटौँडाका टोल विकास संस्थाको साढे ६ लाख सहयोग

हेटौँडा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितका लागि हेटौँडाका टोल विकास संस्थाहरुले ६ लाख ४४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आह्वानमा हिजो भदौ १५ गते सुरु भएको राहत सहयोग अभियान अन्तर्गत टोल विकास संस्थाबाट ६ लाख ४४ हजार २ सय ५६ रुपैयाँ संकलन भएको हो ।

पहिलो दिन उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा भएको अध्यक्ष ध्रुव अधिकारीले बताए । उनले अन्य टोल विकास संस्थाहरुले पनि सहयोग संकलन गरिरहेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

हेटौँडाका टोल विकास संस्थाको साढे ६ लाख सहयोग
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.