...
Latest News
Hetauda

उज्यालो नेपाल पार्टीको भीमफेदीमा १९ सदस्यीय कमिटी, अध्यक्षमा आशीष अस्लामी

उज्यालो नेपाल पार्टीको भीमफेदीमा १९ सदस्यीय कमिटी, अध्यक्षमा आशीष अस्लामी

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा उज्यालो नेपाल पार्टी (उनेपा)को पालिका कमिटी गठन भएको छ ।

१९ सदस्यीय कमिटीको अध्यक्षमा आशीष अस्लामी चयन भएका छन् । कमिटीमा उपाध्यक्ष रोशन घलान, सचिव सुदिप लामा, उपसचिव ल्हासा बुटी स्याङ्बा र कोषाध्यक्ष युगेन घलान चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा राजिब परियार, भीमबहादुर थोकर, नारायण मोक्तान, टसी लामा, वीरबहादुर मोक्तान, प्रयास गोले, मानव तामाङ, रोहित गोले, दिनेश राना, विजय थीङ, पृया तामाङ, अम्मर सिंह वाइबा र सानुकान्छा घलानलगायतका चयन भएका छन् ।

यस्तै, जितमान सिंह वाइबा र चन्द्र तितुङलाई पालिका सल्लाहकार मनोनीत गरिएको छ । पार्टीले आगामी तीन महिनाका लागि सदस्यता वितरण तथा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै कार्ययोजना समेत तयार गरेको जनाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

उज्यालो नेपाल पार्टीको भीमफेदीमा १९ सदस्यीय कमिटी, अध्यक्षमा आशीष अस्लामी
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.