राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा नं ३ लावती, महादेव टोलमा सुत्केरी अवस्थाकी सुनिता चेपाङले घर पाएकी छन् ।
श्रम संस्कृति पार्टीको पहल र राक्सिराङ–३ का युवा उद्यमी रुद्र मुक्तानको अगुवाइमा घर बनेको हो ।
आइतबार श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मुक्तान, प्रदेश सदस्य राजेन्द्र गिरी, मनहरी गाउँपालिका इञ्चार्ज पदमी थिङ, राक्सिराङ ३ का वडाध्यक्ष उत्तम वाइबा, इटिएससी नेपालकी निष्टा मल्लको उपस्थितिमा सुनितालाई घर हस्तान्तरण गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
घर बनाउन २ लाख ११ हजार २ सय ३० रुपैयाँ लागेको अभियान्ता रुद्रम मुक्तानले बताए । उनले भने, ‘घर बनाउने अभियानमा विभिन्न क्षेत्रबाट २ लाख २९ हजार ९ सय ६० रुपैयाँ उपलब्ध भएको थियो, १८ हजार ७ सय ३० रुपैयाँ बचत भएको छ ।’ उनले बचत भएको घर मनहरीको वडा नम्बर ९ ज्यामिरेमा बन्दै गरेको अर्को घरलाई हस्तान्तरण गरिने बताए । राक्सिराङको वडा नम्बर ३ मा यसअघि पनि एक चेपाङ परिवारलाई घर बनाएर हस्तान्तरण गरिएको थियो ।
यो अभियान चलाउने रुद्र मुक्तानलाई स्थानीयले प्रशंसा गरेका छन् । श्रम संस्कृति पार्टीले मकवानपुरका विभिन्न पालिकामा विपन्नलाई घर बनाएर हस्तान्तरण गरिरहेको छ ।










Leave a Comment