...
Latest News
स्थानीय सरकारबाट २४ सै घण्टा सुपथ मूल्य औषधि पसल सञ्चालन माग भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’, सिंगो गाउँ उज्यालोमय भएको पार्टीको दाबी राप्रपामा गुटबन्दी गर्नेलाई नेतृ खुशी कार्कीको खबरदारीः रुवाबासी बन्द गर्नुहोस् ! (भिडियो) हेटौँडामा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुँदै उज्यालो नेपाल पार्टीको भीमफेदीमा १९ सदस्यीय कमिटी, अध्यक्षमा आशीष अस्लामी हेटौँडा सुपथ खाद्यान्न तथा सार्वजनिक खाद्य वितरण केन्द्र आवश्यक बागमतीमा अपराधको संख्या घटेकै हो, बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा के छ ? राप्रपा मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित
Hetauda

स्थानीय सरकारबाट २४ सै घण्टा सुपथ मूल्य औषधि पसल सञ्चालन माग

स्थानीय सरकारबाट २४ सै घण्टा सुपथ मूल्य औषधि पसल सञ्चालन माग

हेटौँडा । हेटौँडाका अभियन्ता बिशाल राज महतले स्थानीय सरकारले प्रचलित औषधि ऐन, नियम र आवश्यक अनुमति पूरा गरी आफ्नै स्वामित्वमा सुपथ मूल्य औषधि पसल सञ्चालन गर्नु पर्ने बताएका छन् ।

उनले नागरिकलाई जुनसुकै समयमा औषधि आवश्यक पर्न सक्ने भएकाले दक्ष जनशक्तिको व्यवस्था गरी २४ सै घण्टा सेवा दिने अवधारणा अघि बढाउन आवश्यक भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै महतले विशेषगरी रातिको समयमा आकस्मिक रूपमा औषधि आवश्यक पर्दा पसल नपाउने र महँगो मूल्य तिर्नुपर्ने समस्यालाई यसले राहत पुग्ने बताए । उनले भनेका छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, दमलगायत दीर्घरोगका नियमित औषधि सुलभ मूल्यमा उपलब्ध गराउने र विपन्न नागरिकलाई विशेष सहुलियत वा निःशुल्क औषधिको व्यवस्था गर्नुपर्छ।’

उनले स्थानीय सरकारले ठूला योजना र देखावटी विकासभन्दा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा प्राथमिकतामा पार्नु पर्ने बताउँदै जनताबाट उठेको कर जनताकै जीवन सहज बनाउन खर्च गर्न आग्रह गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

स्थानीय सरकारबाट २४ सै घण्टा सुपथ मूल्य औषधि पसल सञ्चालन माग
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.