...
Latest News
Hetauda

बाढीपीडितलाई जनकल्याणको १ लाख ११ हजार

बाढीपीडितलाई जनकल्याणको १ लाख ११ हजार

हेटौँडा । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडाले देशमा आइपरेको प्राकृतिक विपत्ति र संकटको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको छ ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । रकम बराबरको प्रभु बैंकको चेक मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई प्रदान गरेको छ ।

विपद् पीडितहरूको उद्धार, राहत तथा पुनस्थापनाका थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले संस्थाले सहयोग गरेको कोषाध्यक्ष देवराज गौतमले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाका जनप्रतिनिधि विजय पौडेल, संस्थाका सल्लाहकार बद्री पाठक, अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष श्याम भट्टराई, कोषाध्यक्ष देवराज गौतम तथा सञ्चालक समिति सदस्यहरू यतिराज दङ्गाल र जिवकुमारी पौडेल सहभागी थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

बाढीपीडितलाई जनकल्याणको १ लाख ११ हजार
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.