Latest News
Hetauda

सिमखोलाले बगाएको स्कुटी भेटियो, चालकको खोजी जारी

सिमखोलाले बगाएको स्कुटी भेटियो, चालकको खोजी जारी

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने बेखबर छन् ।

सोमबार अपराह्न ३ बजेतिर कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि प्रहरी परिचालन भएको थियो ।

आज बिहान स्कुटी फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

उनका अनुसार, बा प्र ०२ ०३२ प ८०५४ नम्बरको स्कुटर भेटिएको छ । चालकको खोजी जारी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सिमखोलाले बगाएको स्कुटी भेटियो, चालकको खोजी जारी