...
Latest News
Hetauda

प्रशासनद्वारा डाउनटाउन पिज्जा बन्द, २५ हजार जरिवाना

प्रशासनद्वारा डाउनटाउन पिज्जा बन्द, २५ हजार जरिवाना

हेटाैँडा । हेटौंडा उपमहानगरपालिका–४, परिजातपथस्थित डाउनटाउन पिज्जाबाट साेमबार बिक्री गरिएको चिकेन पिज्जामा साङ्ला भेटिएपछि कारबाही भएकाे छ ।

मंगलबार त्यहाँ अनुगमन टोली पुगेर बन्द गर्न निर्देशन दिइएकाे हाे, साथै २५ हजार रुपैयाँ जरिवाना गराएको छ।

हेटौंडा–५, सानोपोखराकी रिया श्रेष्ठले सोमबार अर्डर गरेको ‘चिकेन डिलाइट (स्मल)’ पिज्जामा साङ्ला भेटिएको थियाे ।

उनले पिज्जासहित अन्य परिकार पनि अर्डर गरेकी थिइन्। पिज्जा खान लाग्दा साङ्ला देखिएपछि उनले तत्काल रेस्टुरेन्टलाई जानकारी गराएकी थिइन् ।

जिल्ला प्रशासन कार्यालयसहित खाद्य विभागको टोलीले अनुगमन गरेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

प्रशासनद्वारा डाउनटाउन पिज्जा बन्द, २५ हजार जरिवाना
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.