...
Latest News
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’, सिंगो गाउँ उज्यालोमय भएको पार्टीको दाबी राप्रपामा गुटबन्दी गर्नेलाई नेतृ खुशी कार्कीको खबरदारीः रुवाबासी बन्द गर्नुहोस् ! (भिडियो) हेटौँडामा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुँदै उज्यालो नेपाल पार्टीको भीमफेदीमा १९ सदस्यीय कमिटी, अध्यक्षमा आशीष अस्लामी हेटौँडा सुपथ खाद्यान्न तथा सार्वजनिक खाद्य वितरण केन्द्र आवश्यक बागमतीमा अपराधको संख्या घटेकै हो, बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा के छ ? राप्रपा मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित सुत्केरीले पाइन् घर, रुद्र मुक्तानको अगुवाइमा दोस्रो घर हस्तान्तरण (भिडियोसहित)
Hetauda

समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण

समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका-५ स्थित बसन्तपुर आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली  सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मङ्गलबार आयोजित कार्यक्रममा समुदायमा देखिन सक्ने संक्रामक तथा अन्य स्वास्थ्य समस्याहरूको प्रारम्भिक पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायसम्म समयमै जानकारी पुर्‍याउने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा रोगका प्रारम्भिक संकेत तथा लक्षण पहिचान गरी तत्काल सूचना प्रवाह गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा मनहरी गाउँपालिका-५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले समुदायको सचेतना र समयमै सूचना प्रवाह भएमा सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिमलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले स्वास्थ्य संस्था, जनप्रतिनिधि र स्थानीय समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण पिएचआरडी नेपालकी नम्रता सिल्वालले गर्नुभएको थियो । उहाँले समुदायमा आधारित रोग निगरानी प्रणालीको उद्देश्य, रोगको प्रारम्भिक सूचना संकलन प्रक्रिया तथा समयमै प्रतिवेदन गर्ने अभ्यासबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन बसन्तपुर आधारभूत स्वास्थ्य केन्द्रकी अनमी रेखा कुमारी पुलामीले गर्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्यहरू, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई महामारी, संक्रामक रोग तथा अन्य स्वास्थ्य जोखिमका घटनाबारे समयमै जानकारी उपलब्ध भएमा नियन्त्रण तथा रोकथामका प्रयासलाई प्रभावकारी बनाउन सकिने जानकारी दिइएको थियो ।

प्यान्डेमिक फन्ड, युनिसेफ र पिएचआरडी नेपालको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य जोखिमको निगरानी, सूचना व्यवस्थापन तथा प्रतिकार्य प्रणालीलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.