राक्सिराङ । मकवानपुरको राक्सिराङ–८ दुई चोक डाँडामा वृक्षारोपण गरिएको छ ।
वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग संघीय जलाधार स्रोत व्यवस्थापन केन्द्र कुलेखानी मकवानपुरको आयोजनामा प्रस्तावित पर्यटकीय क्षेत्र दुई दुईचोक डाँडामा वृक्षारोपण भएको हो । बाँस, तेजपत्ता, टिमुर प्रजातिका नयाँ विरूवा रोपिएका छन् ।
विभिन्न जातका, काफल, ऐंसेलु र लाली गुरासको संरक्षण गरिएको स्थानीय युवा नेता हस्तबहादुर मुक्तानले बताए ।
महामानव गौतम बुद्धको प्रतिमा स्थल, डम्फु पार्क, लभ डाँडा तथा नेपाल टेलिकमको टावर स्थल आसपासमा ३ हजारको हाराहारीमा विरुवा रोपिएको छ ।






Leave a Comment