...
Latest News
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’, सिंगो गाउँ उज्यालोमय भएको पार्टीको दाबी राप्रपामा गुटबन्दी गर्नेलाई नेतृ खुशी कार्कीको खबरदारीः रुवाबासी बन्द गर्नुहोस् ! (भिडियो) हेटौँडामा पाँचदिने निःशुल्क योग विज्ञान शिविर हुँदै उज्यालो नेपाल पार्टीको भीमफेदीमा १९ सदस्यीय कमिटी, अध्यक्षमा आशीष अस्लामी हेटौँडा सुपथ खाद्यान्न तथा सार्वजनिक खाद्य वितरण केन्द्र आवश्यक बागमतीमा अपराधको संख्या घटेकै हो, बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा के छ ? राप्रपा मकवानपुरको अध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्वाचित सुत्केरीले पाइन् घर, रुद्र मुक्तानको अगुवाइमा दोस्रो घर हस्तान्तरण (भिडियोसहित)
Hetauda

आहा, हेटौँडा नजिकै यस्तो आकर्षक पार्क र पोखरी ! (तस्बिरहरु)

आहा, हेटौँडा नजिकै यस्तो आकर्षक पार्क र पोखरी ! (तस्बिरहरु)

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको जनहित सामुदायिक वनले पर्यटकीय पूर्वाधार निर्माण गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको छ । तर यथेष्ट बजेट नहुँदा योजना पूर्ण हुनसकेको छैन ।


२०५२ सालमा स्थापित जनहित सामुदायिक वनले पूर्वाधार विकास गर्दै पछिल्लो समय दुई वटा पार्क र पोखरी निर्माण गरेको छ । ८ सय ३५ उपभोक्ता सदस्य रहेको वनले दिगो वन व्यवस्थापन गरेर उपभोक्तालाई दाउरा र काठ मात्रै उपलब्ध गराएको छैन, पयर्टकीय पार्क र पोखरी निर्माण गरेको छ भने स्थानीय कलेज र उच्चमाविलाई पनि रकम उपलब्ध गराएको छ ।

उपभोक्ताले प्रतिक्युफिट १ हजार २ सय रुपैयाँमा सालको काठ पाएका छन् । उपभोक्ता परिवारका सदस्यलाई दाहसंस्कारमा दाउरा निःशुल्क गरिएको छ भने पूजापाठ, व्रतबन्ध, विवाहका बेलामा ५ रुपैयाँ किलोमा दाउरा उपलब्ध गराइए समूहका अध्यक्ष होमनाथ पुडासैनीले बताए ।

अध्यक्ष पुडासैनीले समूहले चिल्डेन पार्क, हात्तिगौँडा पार्क सञ्चलनमा ल्याइएको बताए । पार्कलाई व्यवस्थित बनाउँदै वन समूहले बालमैत्री पार्कका रुपमा विकास गरेको छ । पार्कमा अवाश्यक पूर्वाधार निर्माण भइरहेको छ ।

४०७ दशमलव ६२ हेक्टर क्षेत्रफल रहेको वन क्षेत्रमा जंगलको हैसियत गुमेको ठाउँमा वृक्षरोपण गरिएको छ । जंगलमा पानी सञ्चित गरेर हिउँदमा पानीको स्रोतका लागि दुई वटा पोखरी पनि निर्माण भएको छ ।

हेटौँडाको बस्तीपुर बजारबाट केही दूरीमा रहेको आकर्षक पार्कमा वनभोज, घुमघाम, बालबालिकालाई मनोरञ्जनका लागि सर्वसाधारण आउने गरेका छन् । हेटौँडा नजिकैका त्रिखण्डी र शहीद स्मारकपछि अब बस्तीपुरको जनहित वनको पार्क हेटौँडामा अर्को गन्तव्य बन्ने देखिएको छ ।

खेलमैदान पनि भाडामा दिने गरिएको छ । हेटौँडा, चितवन, वीरगंज, जनकपुरदेखि भारतीय सीमा सहरबाट हेटौँडा आउनेका लागि पनि अब यो पार्क त्रिखण्डी र शहीद स्मारकपछिको विकल्पका रुपमा विकसित हुँदै गएको छ ।

वन समूहको हातामा पार्क र पोखरी बनाएर पर्यटकीय हिसाबले वनको विकासमा समूह क्रियाशील रहेको छ । वन समूहको आम्दानी २५ प्रतिशत वनकै विकासमा र केही रकम शिक्षाको उन्नयनमा खर्च गरिएको अध्यक्ष पुडासैनीले बताए ।

वन समूहले २ लाख रुपैयाँ स्थानीय निर्मल बहुमुखी क्याम्पसलाई र डेढलाख रुपैयाँ निर्मल उच्चमाविलाई दिइएको छ । बिदा र घुमघामका लागि मनोरम हरियाली जंगल अनि आकर्षक पार्क र मन्दिर रहेको वन समूहको आफ्नै सभाहला र फुटबल प्रतियोगिता गर्न मिल्ने मैदानसमेत छ ।

पार्कलाई पर्यटकीय हिसाबले थप विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले पूर्वाधार विकासमा बजेट विनियोजन गरिदिए जनहित सामुदायिक वन बागमती प्रदेशको राजधानी हेटौँडामा आकर्षक र मनोरम गन्तव्यका रुपमा विकास हुनसक्ने देखिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

आहा, हेटौँडा नजिकै यस्तो आकर्षक पार्क र पोखरी ! (तस्बिरहरु)
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.