हेटौँडा । पश्चिम मकवानपुरको मनहरी–६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह बागमती प्रदेशमै उत्कृष्ट दोस्रो सामुदायिक वन घोषित भएको छ ।
बागमती प्रदेश वन निर्देशनालयले शुक्रबार हेटौँडामा कार्यक्रम गरेर प्रदेशका उत्कृष्ट ३ सामुदायिक वनलाई पुरस्कृत गरेको हो ।
निर्देशनालयका अनुसार, प्रथममा चतुरमुखी सामुदायिक वन उपभोक्ता समूह, कालिका–१ चितवन र तृतीय स्थानमा बिमिरेचौर सामुदायिक वन उपभोक्ता समूह महाकाल ललितपुर घोषणा भएका छन् । प्रदेशका ४ हजार सामुदायिक वनमा उनीहरु उत्कृष्ट देखिएको निर्देशनालयले जनाएको छ ।

Leave a Comment