Latest News
Hetauda

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का ६ जना मन्त्रीले सरकार छाडेका छन् ।

उनीहरुले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

एमालेका मन्त्रीहरूले बुधबार प्रदेश प्रमुखलाई २०८२ साउन २० गते नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा गठन भएको सरकारलाई दिएको समर्थन २०८३ साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराएका छन् ।

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो